साहित्यकार नरनाथलाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गरिने

२०८२ पौष १४ सोमबार १४:१९:०० मा प्रकाशित

काठमाडौं । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ साहित्यकार नरनाथ लुइँटेललाई प्रदान गर्ने घोषणा गरेको छ ।

विभिन्न साहित्यिक संस्थामा संलग्न साहित्यकार तथा व्यंग्यकार लुइँटेलका हास्यव्यंग्यसहित गीतिकाव्य, शोककाव्य तथा अरू पुस्तक प्रकाशित छ ।

उक्त सम्मान तथा पुरस्कारका साथ नगद राशि १० हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिए ।